२२ पुस २०८२, मंगलबार | January 6, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, विशेष महाधिवेशनको दवावबीच छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक राजनीतिक अवस्था, महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको मागलगायतका विषयमा छलफल हुने बताइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठक कार्यसम्पादन समितिको पछिल्लो निर्णयलाई लिएर उत्पन्न आन्तरिक विवाद र असहमतिको पृष्ठभूमिमा बस्न लागेको हो । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।

तर उक्त निर्णयसँगै पार्टीभित्र विशेष महाधिवेशनको माग थप चर्किएको छ । कार्यसम्पादन समितिको निर्णयपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएपछि आज पुनः बैठक बोलाइएको हो ।

यसअघि गत असोज २९ गते नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको ठूलो हिस्साले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचित कूल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जना, अर्थात् करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका हुन् ।

कांग्रेस विधानअनुसार कूल महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था छ । तर नेतृत्वले नियमित महाधिवेशनतर्फ अग्रसर हुने निर्णय गरेपछि पार्टीभित्र विधि, विधान र नेतृत्वको वैधताबारे प्रश्न उठ्न थालेका छन् ।

आज बस्ने कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशनको संवैधानिक प्रावधान, समयसीमा, पार्टी एकता र आगामी राजनीतिक कार्यदिशाबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । पार्टीभित्र देखिएको मतभेद कसरी समाधान गर्ने भन्ने विषयमा नेतृत्वको धारणा आजको बैठकले स्पष्ट पार्ने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : ०४ बजे

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो

फागुनबाट १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै, को को हुँदैछन् बिदा ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बिहान

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले भत्काए सडाकको ढलान

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर