२३ पुस २०८२, बुधबार | January 7, 2026

अरनिको पाण्डेले पनि लिए रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका डा। अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

पाण्डेले उम्मेदवारी फिर्ताबारे फेसबुकमा स्टाटस लेख्दै हिजो बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराएको बताएका छन् ।

फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थाका कारण विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय जानकारी गराएँ ।’

यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ४७ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै