२४ माघ २०८२, शनिबार | February 7, 2026

सद्भाव बिग्रन नदिन वीरगञ्जमा निषेधाज्ञा जारी



काठमाडौं । पर्साको वीरगञ्जमा सम्भावित तनाव र सद्भाव बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस र प्रदर्शन निषेध गरिएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ ।

आइतबार मस्जिद तोडफोड र आगजनीका घटनालाई लिएर मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यसैगरी, हिन्दु मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि प्रदर्शनमा उत्रिएका थिए । सोमबार बिहान १० बजे पुनः हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

दुवै समुदायबाट भएका प्रदर्शन र उत्पन्न अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएका छन् । प्रशासनले वार्तामार्फत विवाद समाधान गर्ने प्रयास जारी रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : १४ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार