१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

गोरखा-काठमाडौँ एकीकरण पदयात्रा सुरु



गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर,  नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गरे।
नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमान्डसहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डा प्रदान गरी पदयात्राको शुभारम्भ गरिएको सो गणका गणपति विरोध रिजालले जानकारी दिए । उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रममा टर्च र झन्डा हस्तान्तरण गरेर बिदाइ गरिएको थियो ।
पदयात्रामा निस्किएको टोली सोमबार पीपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेँसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झन्डा बुझाउने छ । धादिङको गणले नुवकोटको गणलाई र नुवाकोटले काठमाडौँको गणलाई यात्रा हस्तान्तरण गर्नेछ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि सो टोली पुस २६ साँझसम्म हनुमानढोकास्थित गुल्मलाई टर्च र झन्डा हस्तान्तरण कार्यक्रम छ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
एकीकरण मार्गमा रहेको ऐतिहासिक स्मारक, कोट र गढी संरक्षण, प्रचारप्रसार तथा विकास गर्ने उद्देश्यले २०७६ सालदेखि नेपाली सेनाले सो पदयात्रा सुरु गरेको हो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ४२ बजे

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने