२४ पुस २०८२, बिहिबार | January 8, 2026

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी रहेको बताएका छन् ।

गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरे ।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेको उनको सचिवालयले जनाएका छ ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ४८ बजे

थारु संस्कृति र पहिचान झल्किने खिचडी महोत्सव शनिबारदेखि बुटवलमा आयोजना हुने

बुटवल । माघे सङ्क्रान्ति अर्थात् थारु सम्बत २६४९ औँ माघी

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त हो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि

कांग्रेस बाँकेका सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मिकीले गरे विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश

आज अपरान्ह ४ बजे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । काठमाडौं । महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र त्यसमा