२४ पुस २०८२, बिहिबार | January 9, 2026

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

सो बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवारको परिचालन कार्यविधिबारे पनि छलफल हुँदैछ ।

त्यसैगरी निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनका विषय बैठकको कार्यसूचीमा समावेश छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४४ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान