१० भदौ २०८३, बुधबार | August 26, 2026

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ।

पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार उम्मेदवारका आकांक्षी धेरै हुने सम्भावनालाई मध्यनजर गर्दै छनोट प्रक्रियालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो।

यसअघि नै रास्वपाले सह–महामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिसकेको छ। समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना रहेका छन् भने अन्य सदस्यमा संघीय सांसदसहित पाँच जना रहेका छन्।

उक्त समितिले तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३’ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछाने लाई बैठकमै हस्तान्तरण गरिएको थियो। बैठकमा महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा पनि छलफल भइरहेको पार्टीले जनाएको छ।

नयाँ मापदण्डअनुसार ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’लाई उम्मेदवार छनोटको आधार बनाउने निर्णयलाई रास्वपाले आन्तरिक क्षमता विकास, नेतृत्व परीक्षण र योग्य उम्मेदवार छनोटको महत्वपूर्ण उपकरणका रूपमा प्रस्तुत गरेको छ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि अहिलेबाटै रणनीतिक तयारी सुरु गरेको जनाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ मा सकिने भएकाले पार्टीले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई सँगै लक्षित गर्दै दीर्घकालीन तयारी अघि बढाएको हो।

 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ३९ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार