१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ



मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै आज साँझ शपथ ग्रहण गराएका छन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गर्नुभई नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा नियुक्त भएका छन् ।

त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ४८ बजे

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा

आज साउने सङ्क्रान्ति : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र