२९ असार २०८३, सोमबार | July 13, 2026

निर्वाचनमा कुनै गठबन्धन हुँदैन : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा नेकपाले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा कसैसँग कुनै गठबन्धन नहुने बताएका हुन् ।

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन हुने राजनीतिक चर्चाका बीच प्रचण्डले गठबनधनलाई अस्विकार गरेका हुन् ।

दलका नेताहरुबीचको भेटघाटलाई स्वाभाविक बताउँदै प्रचण्डले भेटघाटका क्रममा गठबन्धनको केही कुरा नभएको स्पष्ट पारे ।

उनले आफू रवि–बालेन एकताबाट नडराएको बताउँदै आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गरे ।

उनले दिल्लीमा आयोजना गरिएको एकता सभा कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको बताए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : २५ बजे

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’