२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो



मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताए। भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ ।

यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो सङ्ख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भइसकेको छ । कोरलानाकाबाट हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको र नेपालबाट रु १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।

सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरलानाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरलानाकाबाट नेपाल भित्र्याएको छ । कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो ।

प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात–निर्यात कारोबार शून्य नहुने दाबी गर्नुभयो । उनले भने, “रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात–निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयातनिर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।”

यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेँसी झरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ०२ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –