२५ पुस २०८२, शुक्रबार | January 9, 2026

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै राजनीतिमा अग्रसर देखिएका ऊर्जामन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनाको घोषणा गर्ने बताइएको छ ।

उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् ।

उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।

गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो । घिसिङ राजनीतिमा अग्रसर देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मार्गप्रशस्त गर्न भनेकी थिइन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ५२ बजे

निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एन आई सी एशियाको लकर सेवामा ३० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंकले लकर सेवामा उपलब्ध

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी

काठमाडौँ । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको

देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय