२१ भदौ २०८३, आइतबार | September 6, 2026

राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डताको पूर्ण सम्मान गर्न नेपाल सरकारको आग्रह



काठमाडौं । अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत नेपालको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालको तर्फबाट जोड दिएको छ ।

नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारी मार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाउँदै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालले तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न सम्बन्ति पक्षलाई आग्रह पनि गरेको छ ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि बिश्व समुदायमा त्यसप्रति चासो देखिएको हो । विभिन्न मुलुकले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ४८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका