१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे ।

जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए। तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए। कृतिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उनले सचेत गराए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : ०९ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a