काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका करिब ३० केन्द्रीय सदस्यले विशेष महाधिवेशनकर्ताहरुको लिखित माग सुन्न र सम्मान गर्न नेतृत्वलाई अपील गरेका छन् ।
शुक्रबार बिहान बसेको ३० नेताको बैठकले विधान महाधिवेशनको लिखित माग दर्ता गरिसकेका महाधिवेशन प्रतिनिधिहरूको पहललाई सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । उनीहरुले संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।
नेताहरुको अपिलपत्रमा भनिएको छ, “नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन लिखित निवेदन दर्ता गरिसकेको सन्दर्भमा, माग राख्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई दृष्टिगत गरेर नयाँ ऊर्जा र सोचका साथ अग्रसर हुन संवाद र सहमतिमार्फत् व्यापक एकता कायम गरी कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ।”


















प्रतिक्रिया