६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कार्यक्रम स्थगन गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

निर्वाचन कार्यतालिका रोक्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वको टोली आयोग पुगेर यस्तो माग गरेको हो ।

यो समुहले आजै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गरेको हो । रिटमाथि पर्सि ६ गते सुनुवाइ हुनेभएको छ ।

सोही रिटको प्रतिलिपि बोकेर देउवा पक्ष निर्वाचन कार्यक्रम स्थगित गराउन माग गर्दै आयोग पुगेको हो । सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म निर्वाचनसम्बन्धी आयोगका सबै कामकारबाही स्थगन गर्न माग गरिएको देउवा पक्षको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ४१ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा