३ बैशाख २०८३, बिहिबार | April 16, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा स्टाफ नर्सहरूका लागि ३ दिने अभिमुखिकरण सम्पन्न



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्टाफ नर्सहरूका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । करार सेवा अन्तरगत अस्पतालको छनोट प्रक्रियामा सफल भई सेवा प्रवेश गर्न लागेका ३० जना स्टाफनर्सहरुलाई नर्सङ विभागले अभिमुखिकरण गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले सेवाग्राहीमा करुणा भाव पैदा हुनेगरी सेवामा समर्पित हुन आग्रह गरे । अस्पतालमा प्रवेश गरिसकेपछि आफ्नो ड्यूटी समयमा व्यक्तिगत वा पारिवारिक कुराहरुलाई भुलेर सेवाग्राहीले सुरक्षित र आत्मियता महुशस गर्नेगरी व्यवहार प्रस्तुत र समर्पित हुन आग्रह गरे ।

अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्स तथा कर्मचारीहरुको आवश्यकता र अधिकारका सवालमा अस्पताल प्रशासन सधै सचेत र गम्भीर रहने बताउँदै उनले सामुहिक भावनाले अघि बढ्न आग्रह गरे । सेवा प्रवेश गरेका स्टाफ नर्सहरुलाई शुभकामना व्यक्त गर्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीले गुनासो गर्ने ठाउँ नराख्नेगरी पेसामा प्रतिवद्ध रहन सुझाव दिए ।

अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले पेसागत मर्यादा र जिम्मेवारीमा प्रतिवद्ध भएर काम गर्न सकेमा मात्रै जिवनमा थप सफलता हासिल गर्न सकिने बताइन । अभिमुखिकरणमा सहभागीहरुको तर्फबाट बोल्दै सञ्जु काफ्लेले ३ दिनको कार्यक्रमले पेसामा थप समर्पित र उर्जा पैदा गराएको अनुभव व्यक्त गरिन । आफूले विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव र प्रादेशिक अस्पतालमा सेवा प्रवेश गर्दाको अनुभवमा धेरै कुरा फरक पाएको उल्लेख गर्दै उनले काठमाडौंका उत्कृष्ट स्वास्थ्य संस्थाहरुमा जस्तै यहाँ पनि नौलो र सिर्जनात्मक अभ्यासको अनुभव प्राप्त गर्न सफल भएको उल्लेख गरिन् ।

तीन दिने अभिमुखिकरणमा अस्पतालबाट प्रवाह हुने सेवा तथा सेवाग्राही बीच गर्नु पर्ने समन्वय, प्रशासनिक सुशासन, जीवनको आधारभूत कला लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ३९ बजे

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच पहिलोपटक संयुक्त छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग

इरान युद्धको प्रभावबीच चिनिया अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा वृद्धि

अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रभाव विश्वभर देखिइरहेका बेला पनि चीनको

चितवनमा रगत अभाव गम्भीर बन्दै, माग बढ्दा रक्तदाता घट्दै

चितवन । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहणका लागि आधार शिविरमा

गोरखा । तेह्र दिनमा तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज