२८ आश्विन २०८३, बुधबार | October 14, 2026

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला



उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०-२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ५४ बजे

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजदेखि शुक्र अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा । चाडवाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले