२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : दुई दशकमा पनि देश नबन्दा अब देश नै नबच्ने हो कि भन्ने आशंका (भिडियोसहित)



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार त्यागेको करिब दुई दशक बितिसक्दा पनि देशले स्थायित्व, समृद्धि र सुदृढ शासनको बाटो समात्न नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी सन्देशमार्फत उनले हिजो देश नबनेकोमा चिन्ता रहे पनि आज देश नै नबच्ने हो कि भन्ने निरासाले थप सताइरहेको बताएका छन् ।

शाहले नेपालको इतिहासमा शाहवंशीय राजसंस्थाले विषम परिस्थितिमा पनि संघर्ष गर्दै सबै क्षेत्रका नेपालीको शक्ति सवल र सफल नेतृत्व गरेको दाबी गरेका छन् । “जस्तोसुकै अवस्थामा पनि संघर्ष गरेर सबै क्षेत्रका नेपालीको शक्ति सवल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लंग छ,” सन्देशमा उल्लेख छ । उनले आफू र राजसंस्था पलायन वा निषेधित राजनीतिका लागि नभएको स्पष्ट पार्दै नारायणहिटीबाट बाहिरिएको दुई दशकपछि पनि देशले भोगिरहेको संकटले आफूलाई चिन्तित बनाएको बताए ।

पूर्वराजा शाहले मुलुकको कमजोर आर्थिक अवस्था, पुँजी पलायन र युवापुस्ताको असन्तोषप्रति विशेष ध्यानाकर्षण गराएका छन् । स्वदेशको पुँजी विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिँदै उनले जनता सक्षम र सबल भए मात्र देश बलियो हुने दिव्य उपदेशको स्मरण गराएका छन् । उनका अनुसार युवापुस्ताको चाहना र भावनालाई बेवास्ता गर्दा असन्तोष जन्मिने र त्यसले विद्रोहको रूप लिन सक्ने खतरा रहन्छ ।

राजनीतिक नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै उनले राजनीतिक दलहरूले युवालाई पटक-पटक प्रयोग मात्रै गर्ने तर उनीहरूको भावना बुझेर काम नगर्ने प्रवृत्तिले देशलाई ठूलो क्षति पुगेको बताए । “नेतृत्वले युवालाई प्रयोगमात्रै गर्ने तर भावना नबुझ्ने प्रवृत्तिले युवामा असन्तोष बढ्यो, जसका कारण देशमा जनधनको क्षति भयो,” उनले भनेका छन् । भविष्यका कर्णधार मानिने युवाको ज्यान गएको घटनाले आफू स्तब्ध बनेको उल्लेख गर्दै उनले स्वचालित व्यक्तिले राष्ट्रहित खोज्ने र परिचालित व्यक्तिले अरूको हित खोज्दै हिँड्ने धारणा पनि व्यक्त गरे ।

पूर्वराजा शाहले नेपालको संवेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिवेशलाई बुझ्न नसक्दा मित्र राष्ट्रहरूको विश्वास र भरोसा गुम्ने अवस्थामा पुगेको बताएका छन् । उनले पहिले युवामात्र पलायन हुने अवस्था रहेकामा अहिले पुँजी र व्यवसायी समेत देश छाड्न थालेको तथ्यले राष्ट्रिय भविष्य झन् अनिश्चित बन्दै गएको संकेत गरेको बताएका छन् ।

सन्देशको अन्त्यमा उनले राष्ट्रिय एकता, स्थिरता र जनभावनाको सम्मान बिना मुलुकले निकास नपाउने संकेत गर्दै जिम्मेवार नेतृत्व र दूरदर्शी सोच आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

भिडियोसहित

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ०४ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको