१५ माघ २०८२, बिहिबार | January 30, 2026

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु



डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक परशुराम-१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा परी दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवैजनालाई मृत घोषणा गरेका सिंहले बताए ।

जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याकटर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए ।

परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ०१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला