११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण



काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी  सम्मान प्रकट गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उनीप्रति सम्मान व्यक्त गरेका हुन ।् त्यस अवसरमा सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गरेका थिए ।

त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज)को झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली थियो ।

पछिल्लो समय हरेक वर्ष हुँदैआएको उक्त पदयात्रा यही पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको थियो । सोही अवसरमा जङ्गीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रम गरियो ।

त्यस्तै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा विविध कार्यक्रम सञ्चालन भएको सैनिजक जनसम्पर्क तथा सूचना निर्देशनाले जनाएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ४२ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको