२७ पुस २०८२, आइतबार | January 11, 2026

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन



काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा उनको आज भारतको राजधानी दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् ।

घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । उनको निधनको खबरले नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको छ ।

प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो संस्करणका विजेता हुन् । उक्त प्रतियोगितामा विजयी भएपछि उनी दक्षिण एशियाली संगीत क्षेत्रमा निकै लोकप्रिय बनेका थिए । संगीतसँगै उनले केही नेपाली चलचित्रहरूमा समेत अभिनय गर्दै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।

व्यक्तिगत जीवनमा तामाङकी श्रीमती र एक छोरी छन् । हालै मात्र उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा खलनायक (भिलेन)को भूमिकामा अभिनय गरिरहेका थिए । प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन् ।

‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’, प्रशान्तका हिट नेपाली फिल्महरु हुन् ।

उनको अकस्मात् निधनले कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको भन्दै विभिन्न कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : २७ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको