७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको दर्ता, भृकुटीमण्डपमा उद्घाटन सत्र जारी



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको समर्थनमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर तथा दर्ता गराइसकेको जानकारी दिइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्र सञ्चालन गरिरहेका सञ्चालकले कुल ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले रजिस्ट्रेसन पूरा गरिसकेको औपचारिक जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसमा हाल कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । तर, तीन महिनाअघि उठाइएको उक्त मागलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि विशेष महाधिवेशन आह्वानको प्रक्रिया अघि बढाइएको आयोजक पक्षको भनाइ छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहल तथा आह्वानमा विशेष महाधिवेशन आयोजना गरिएको हो । सोहीअनुसार राजधानीको भृकुटीमण्डपमा आजदेखि विशेष महाधिवेशनको उद्घाटन सत्र औपचारिक रूपमा सुरु भएको छ ।

उद्घाटन सत्र नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँको सभापतित्वमा सञ्चालन भइरहेको छ । महाधिवेशनका क्रममा पार्टीको आन्तरिक अवस्था, संगठनात्मक संरचना, नेतृत्वको भूमिका तथा भावी राजनीतिक दिशा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने यो विशेष महाधिवेशन भोलिसम्म जारी रहनेछ । महाधिवेशनबाट कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण सन्देश जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज