१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

जसपा नेपाल र लोसपा एकीकृत, पार्टीको नाम ‘जसपा नेपाल’ रहने



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच औपचारिक एकीकरण भएको छ।

दुबै पार्टीका शीर्ष नेताहरूबीच मंगलबार भएको सम्झौतापछि पार्टी एकीकरणको घोषणा गरिएको हो।

जसपा नेपाल अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित एकीकरण सम्झौताअनुसार अब दुबै पार्टी संयुक्त रूपमा ‘जनता समाजवादी पार्टी, नेपाल’ नामबाट परिचालित हुनेछन्। पार्टीको चुनाव चिन्ह भने जसपा नेपालको “छाता” नै कायम रहनेछ।

सम्झौताअनुसार एकीकृत पार्टीको अध्यक्षतामा उपेन्द्र यादव रहनेछन् भने महन्थ ठाकुरले पार्टीमा संरक्षकको भूमिका निर्वाह गर्नेछन्।

दुबै नेताहरूको सहमतिमा एकीकरण प्रक्रिया अघि बढाइएको र यसले समाजवाद, लोकतन्त्र र मधेशी आन्दोलनको एजेन्डालाई संस्थागत गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्झौताअनुसार पार्टीको संगठन विस्तार, नीति–कार्यक्रम, नेतृत्व संरचना र निर्वाचन तयारी लगायतका विषयमा संयुक्त कार्ययोजना अनुसार अघि बढाइने उल्लेख गरिएको छ। एकीकरणपछि केन्द्रदेखि तल्लो संरचनासम्मका संगठनहरू पनि एकीकरण प्रक्रियाअनुसार पुनर्गठन गरिने जनाइएको छ।

दुबै पार्टीको एकीकरणलाई मधेशी राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ०९ बजे

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको