११ असार २०८३, बिहिबार | June 25, 2026

रुपन्देहीमा २८६२ औँ सोनाम ल्होसार माघ ५ गते चरङे तामाङ गुम्बामा भव्य रूपमा मनाइँदै



बुटवल । रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व २८६२ औँ सोनाम ल्होसार विविध कार्यक्रमसहित मनाउने भएका छन् । सर्प वर्गको बिदाइ गर्दै ता-ल्हो (घोडा वर्ग) मा प्रवेशको अवसरमा मनाइने तामाङ नयाँ वर्ष सोनाम ल्होसार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा माघ ५ गते देवदह नगरपालिका-चरङे स्थित तामाङ गुम्बामा आयोजना हुने भएको हो ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष राजेश लामा (घिसिङ) ले विगतका वर्षझैँ यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा बिहानैदेखि तामाङ मौलिक भेषभूषासहित झाँकी, ¥याली तथा चरङे बजार परिक्रमा गरिने जानकारी दिए । त्यसपछि धार्मिक पूजा, सांस्कृतिक नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहने उनले बताए ।

अध्यक्ष लामा अनुसार रुपन्देही जिल्लाभर छरिएर रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै आफ्नो भाषा, संस्कृति र पहिचान संरक्षण गर्नु संस्थाको मुख्य उद्देश्य हो । उनले सोनाम ल्होसार नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका तामाङ समुदायले आ-आफ्नो परम्परा अनुसार मनाउँदै आएको पर्व भएको उल्लेख गरे ।

कार्यक्रमका युवा संयोजक हसन्त लामाले आदिवासी जनजाति समुदायभित्र सांस्कृतिक रूपमा समृद्ध तामाङ समुदाय अन्य जिल्लाबाट आएर रुपन्देहीमा बसोबास गरिरहेको बताए । संख्या तुलनात्मक रूपमा कम भए पनि तामाङ समुदायले अन्य जातजातिसँग सद्भाव र सहकार्य गर्दै सामाजिक रूपमा एकताबद्ध भएर बस्दै आएको उनले उल्लेख गरे । उनले देवदह नगरपालिका-चरङे स्थित तामाङ गुम्बाको जग्गा व्यवस्थापनमा विगतदेखि नै समस्या रहँदै आएको भन्दै राज्यले सबै जातजातिलाई समान दृष्टिले हेर्नुपर्ने माग गरे ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य वीरबहादुर घिसिङ लामाले जिल्लाभित्रका विभिन्न इकाइको समन्वयमा फरक-फरक स्थानमा ल्होसार मनाइँदै आए पनि यस वर्ष चरङे इकाइको आग्रहमा जिल्लाभरिका तामाङ समुदाय एकै स्थानमा भेला भएर पर्व मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष वीरमान लामा, पूर्वअध्यक्ष कृष्णबहादुर मोक्तान तथा देवदह नगरपालिका चरङे समितिका अध्यक्ष निर्दोष घलानले ल्होसार तयारी, सांस्कृतिक संरक्षण र समुदायको भूमिकाबारे आफ्ना धारणा राखेका थिए ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीका सचिव शम्भु मोक्तानका अनुसार हाल रुपन्देही जिल्लामा तामाङ समुदायका करिब १३५ घरधुरी बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ४६ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान