२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

५१ प्रतिशत उपस्थितीले नयाँ नेतृत्व चयन गर्न सक्ने विशेष महाधिवेशन पक्षधरको दाबी



काठमाडौं । बहालवाला पार्टी सभापति हटाउन महाधिवेशन प्रतिनिधिको दुई तिहाई आवश्यक पर्ने कांग्रेस संस्थापन पक्षका नेताहरुले बताइरहँदा कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न २ तिहाइ मत नचाहिने दाबी गरेका छ।

सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार पोखरेलले सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याएको अवस्थामा बाहेक नयाँ नेतृत्व चयन गर्न २ तिहाई आवश्यक नपर्ने बताए । उनले अविश्वासको प्रस्ताव पास गर्न भने २ तिहाइ चाहिने स्पष्ट पारे ।

यसअघि संस्थापन पक्षका नेता रमेश लेखकले सभापति हटाउन २ तिहाइ महाधिवेशन प्रतिनिधिको मत चाहिने बताएपछि पोखरेलले त्यसको जवाफ दिएका हुन् । पोखरेलले आफूहरुले कुनै व्यक्तिविरुद्ध विशेष महाधिवेशन नगरेको बताए।

महाधिवेशन पक्षधरले आइतबारसम्म विशेष महाधिवेशनका पक्षमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको र सोमबार त्यो संख्या अझै थपिएको दाबी गर्दै आएका छन् ।

पोखरेलले मंगलबारको बन्दसत्रले पुराना समिति भंग गरेर नयाँ गठनको प्रक्रियामा जाने जानकारी दिए । मंगलवारको बन्दसत्रले निर्वाचन समिति, अनुशसान समिति, केन्द्रीय समिति लगायतका केही समिति भंग गरेर नयाँ समिति बनाउनुपर्ने हुन सक्ने उनले आँकलन गरे । अहिलेको निर्वाचन समितिलाई भंग नगरि अर्को निर्वाचन हुन नसक्ने पोखरेलको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ०७ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको