२८ पुस २०८२, सोमबार | January 12, 2026

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई



बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माध्यमिक विद्यालयले चुमेको छ । सोमबार सम्पन्न प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा कालिकाले कुल १३ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै लगातार उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगितामा न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने गार्गी एकेडेमीले ६ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थानमा सीमित भयो ।

प्रतियोगिताको समापन समारोहमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले विजयी खेलाडी तथा विद्यालय प्रतिनिधिहरूलाई पुरस्कार वितरण गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिन आवश्यक रहेको बताइन् । बुटवल उपमहानगरपालिकाले खेलकुद पूर्वाधार विकास र प्रतिभा पहिचानमा निरन्तर लगानी गर्दै आएको उनको भनाइ थियो ।

उपाधि विजेता कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई नगद २० हजार रुपैयाँ, रनिङशिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, दोस्रो स्थान हासिल गरेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुललाई नगद १५ हजार रुपैयाँ तथा तेस्रो भएको गार्गी एकेडेमीलाई नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले एथ्लेटिक्स, टिम तथा व्यक्तिगत खेलहरूमा प्रतिस्पर्धा गर्दै आफ्नो खेल प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४७ बजे

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को