२९ पुस २०८२, मंगलबार | January 13, 2026

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन



पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छन् । पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौं अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यलाई आगामी तीन वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दशत्रमा सहमतिमै तुलाचनलाई अध्यक्ष निर्वाचित गरिएको हो । समितिको सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन चयन भएका छन् ।

यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन र काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिए ।

केन्द्रीय समितिको आयोजना तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबार तीन दिनसम्म अधिवेशन सञ्चालन भएको थियो । नेपालमा रहेका २० वटा र विदेशमा रहेका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ जनाको प्रतिनिधिको अधिवेशनमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ०० बजे

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन