काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । विशेष महाधिवेशन चलिरहेका बेला बोलाइएको यो बैठकलाई पार्टीभित्र अत्यन्तै महत्वपूर्ण र अर्थपूर्ण रुपमा हेरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनको क्रममा पार्टीको संगठनात्मक संरचना, विधान संशोधन, नेतृत्वको भूमिका तथा समसामयिक राजनीतिक अवस्थाबारे व्यापक छलफल भइरहेको छ ।
यही सन्दर्भमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका एजेन्डा, पार्टीको भावी दिशा, आन्तरिक एकता तथा राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ । बैठकले विशेष महाधिवेशनलाई थप प्रभावकारी बनाउने निर्णयहरू लिन सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ ।


















प्रतिक्रिया