२९ पुस २०८२, मंगलबार | January 13, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय सर्‍यो



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । यसअघि मंगलबार बिहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो १ बजे बस्ने भएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमै बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् । मुख्यसचिव पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे बस्ने भनिएको बैठक अपरिहार्य कारणवश दिउँसो १ः०० बजे बस्ने भएको छ,” सूचनामा उल्लेख गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन अघि बढेसँगै पार्टीभित्रको संस्थापन पक्ष दबाबमा परेको देखिएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको विषयलाई जोडदार रूपमा उठाइरहेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकअघि विशेष महाधिवेशन समूह र संस्थापन पक्षबीच वार्ताको तयारीसमेत भइरहेको बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुका साथै पार्टीको आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ४२ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशन, आजै ९ बजेबाट मतदान

काठमाडौं । कांगैस सभापति शेरबहादुर देउवा निवासमा विवाद समाधानको विन्दु

विशेष महाधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया सुरु गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ