काठमाडौं । कांगैस सभापति शेरबहादुर देउवा निवासमा विवाद समाधानको विन्दु खोज्न छलफल चलिरहेका बेला नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कार्यतालिका अनुसार, आजै १२ः३० बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ । साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिकामा मध्यान्ह १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।
दिउँसो ४ बजे मतदाताको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । ४ बजे नै मनोनयन दर्ता, ४ः३० देखि ५ बजे सम्म दाबी बिरोध र ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यबिधिमा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । खम्बबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।



















प्रतिक्रिया