९ भदौ २०८३, मंगलबार | August 25, 2026

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताएका छन् ।

सञ्चारमन्त्री खरेलले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा मन्त्री खरेलले जिल्ला प्रशासनले पछिल्लो समय गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल सेवाग्राहीलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएसस) लागू गरेको छ । यो प्रणाली लागू भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुशासन र नागरिक सरकारको भावनाअनुरुप पिएसस प्रणाली प्रभावकारी रहेको जानकारी दिए ।

उनले दुई वर्षअघि दुई घण्टा लगाएर आफ्नो छोरीको नागरिकता लिनुपरेको अनुभव सुनाउँदै अहिले प्रशासनबाट यो प्रणाली लागू भएपछि आधा घण्टामा सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सकिएको बताए । उनले यो प्रणाली देशभरिकै जिल्ला प्रशासनमा लागू गर्न सके नागरिकले सुशासनको अनुभूति गर्न सक्ने धारणा राखे ।

सञ्चारमन्त्री खरेलले पिएसएस प्रणालीलाई देशव्यापी बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव राख्ने बताएकाछन् । उनले जेनजी आन्दोलनमा जलेको जिल्ला प्रशासनको भवन निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०३ बजे

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना