१३ भदौ २०८३, शनिबार | August 29, 2026

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

"बदलिँदो राजनीतिक परिस्थितिलाई ‘चल्ते चलाते शैली’मा सामना गर्न सकिँदैन"



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिदो राजनीतिक परिस्थितिलाई ‘चल्ते चलाते शैली’मा सामना गर्न नसकिने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरणलाई ऐतिहासिक आवश्यकता भएको बताए । प्रचण्डले जनआन्दोलनपछि उत्पन्न असाधारण परिस्थितिलाई सम्हाल्न कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याइएको बताए। उनका अनुसार यो एकता–प्रक्रिया दिनप्रतिदिन थप सशक्त बन्दै गएको छ।

प्रचण्डले घटक संगठन मात्र होइन, देशप्रति समर्पित र परिवर्तनप्रति इमानदार हजारौँ नेता–कार्यकर्ताहरू पार्टीमा प्रवेश गरिरहेको बताए। नयाँ पुस्ताले चाहेको भ्रष्टाचारमुक्त, सामाजिक न्याय र समृद्धि प्राप्त नेपाल निर्माण गर्ने प्रतिबद्धता पार्टीले गरेको उनले स्पष्ट पारे।

पहिला संगठनात्मक संरचना मजबुत बनाएर नेता-कार्यकर्तालाई कार्यक्षेत्रमा सक्रिय रुपमा खटाइने उनले उल्लेख गरे। पार्टी एकतासँगै राष्ट्रिय एकता र वाम एकतालाई सुदृढ बनाउन सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा पनि उनले जोड दिए।

उनका अनुसार कृषि विकास, रोजगारी सिर्जना र प्राकृतिक स्रोत–साधनको सदुपयोगमार्फत उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नु र समाजवादतर्फ अघि बढ्नु वर्तमान आवश्यक एजेन्डा हो।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : १२ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक