१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला



भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक, समुदायमा सामाजिक सुरक्षा, अधिकार र विद्यमान समस्याबारे अन्तर्क्रिया कार्यशाला सम्पन्न भएको छ । रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजित उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, अधिकारकर्मी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशकी कोअर्डिनेटर हिमानी रसालीले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य सामरी उत्थान सेवाका कार्यकारी निर्देशक बिमला गायकीले राख्दै दलित तथा लैङ्गिक-यौनिक अल्पसंख्यक समुदायले अझै पनि सामाजिक, आर्थिक र संस्थागत विभेद भोग्नुपरेको यथार्थलाई सम्बोधन गर्न यस्ता छलफल अत्यन्त आवश्यक रहेको बताए ।

कार्यक्रममा दलित फ्रिडम सेन्टरका कार्यक्रम व्यवस्थापक शिवहरी ज्ञवालीले विषयगत प्रस्तुतीकरण गर्दै दलित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सामाजिक सुरक्षा पहुँच, नीतिगत व्यवस्था र व्यवहारिक समस्याहरूको अवस्था प्रस्तुत गरे । उनले नीति भए पनि कार्यान्वयन कमजोर हुँदा समुदाय अझै पछाडि परेको उल्लेख गरे ।

कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोग, रुपन्देहीका प्रतिनिधि पृथु खतिवडा, श्रम तथा रोजगार विभाग, रुपन्देहीका राशिद शियाज, लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन भीम ज्ञवाली तथा सिद्धार्थनगर नगरपालिका महिला तथा बालबालिका शाखाकी कौशल्या चौधरीलगायतको उपस्थिति रहेको थियो । सहभागी अतिथिहरूले आ-आफ्नो क्षेत्रबाट उपलब्ध सेवा, अवसर र चुनौतीबारे धारणा राख्दै समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा एक्लोलाई साहारा दिने वृक्ष समूह तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी नेत्री रेशम न्यौपानेले मन्तव्य राख्दै दलित महिलाहरूको प्रतिनिधित्व र सहभागिता अत्यन्त न्यून रहेको विषयमा चिन्ता व्यक्त गरिन् । उनले दलित, लैङ्गिक तथा यौनिक अल्पसंख्यकसँग सम्बन्धित संस्थाहरूमा समेत दलित महिलाहरूको सहभागिता शून्यजस्तै रहेको यथार्थ औँल्याउँदै समावेशी नेतृत्व विकासमा ध्यान दिन आग्रह गरिन् ।

अन्तर्क्रिया कार्यशालामा सहभागीहरूले दलित तथा लैङ्गिक-यौनिक अल्पसंख्यक समुदायका मुद्दालाई मुख्यधारमा ल्याउन, सामाजिक सुरक्षा योजनामा पहुँच बढाउन र संस्थागत सहभागिता सुनिश्चित गर्न संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ४० बजे

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको