३० पुस २०८२, बुधबार | January 14, 2026

सिन्धुलीको एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो



काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र तथा योजनाबद्ध रूपमा लुटपाट भएको छ । लुटेरा समूहले बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि आक्रमण गरी हात काट्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४५ बजे लुटेरा समूहले बैंकमा प्रवेश गरी कर्मचारीहरूलाई नियन्त्रणमा लिँदै बाँधेका थिए । त्यसपछि उनीहरूले सुरक्षा गार्डमाथि निर्मम आक्रमण गरी बैंकभित्र रहेको नगद बोरा-बोरामा भरेर जंगलतर्फ फरार भएका हुन् ।

घटनापछि रातिको समयमा स्थानीयवासीले जंगलतर्फ केही बोरा नगद फेला पारेका थिए । लुटपाट भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थलमा पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न समूहको पहिचान र पक्राउका लागि विशेष खोजी अभियान सञ्चालन भइरहेको छ ।

हालसम्म बैंकबाट कति रकम लुटिएको भन्ने आधिकारिक विवरण सार्वजनिक भइनसकेको प्रहरीले जनाएको छ । घाइते सुरक्षा गार्डको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : २४ बजे

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, किन भैरहेको छ दैनिक वृद्धि ?

काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको

सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदै, विशेष महाधिवेशन पक्ष भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा तीव्र बनेको आन्तरिक विवादका

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८०

पाल्पाको जोर्तेमा टिपर दुर्घटना, एकजनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद