३० पुस २०८२, बुधबार | January 14, 2026

पाल्पाको जोर्तेमा टिपर दुर्घटना, एकजनाको मृत्यु



पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो । मृतकको ठेगाना भने खुलेको छैन । मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन । गाडीमा अरु पनि सवार थिए÷थिएन् भन्ने कुरा खुल्न नसकेको छैन । घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको छ ।

टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो । नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४ः०० बजे दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । बिहानै अँध्यारो भएकाले अनुसन्धानमा कठिनाइ भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : १२ बजे

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका

उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान स्थगित

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध

लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु