२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद



सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले सफलतापूर्वक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रकम फेला परे पनि लुटपाटमा संलग्न मुख्य लुटेरा भने अझै फरार रहेका छन्।

प्रहरीका अनुसार चारदेखि पाँच जनाको समूहमा आएका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएपछि बैंकबाट रकम लुटेका थिए। घटनाका क्रममा सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका थिए।

लुटेराहरु प्रयोग गरेको गाडी र उक्त गाडीका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। फरार लुटेराको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : १६ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको