सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले सफलतापूर्वक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रकम फेला परे पनि लुटपाटमा संलग्न मुख्य लुटेरा भने अझै फरार रहेका छन्।
प्रहरीका अनुसार चारदेखि पाँच जनाको समूहमा आएका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएपछि बैंकबाट रकम लुटेका थिए। घटनाका क्रममा सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका थिए।
लुटेराहरु प्रयोग गरेको गाडी र उक्त गाडीका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। फरार लुटेराको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।


















प्रतिक्रिया