२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

फुटको संघारमा कांग्रेस : विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया, संस्थापन कारवाहीको तयारीमा



काठमाडौं । नेपाली कांग्रेस अन्ततः फुटको संघारमा पुगेको छ । संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार नभएपछि कांग्रेस फुटको संघारमा पुगेको हो ।

जारी विशेष महाधिवेनमा निर्वाचनको प्रक्रिया सुरु हुँदा संस्थापन पक्ष भने महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गर्ने तयारीमा जुटेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेका महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्ने तयारी गरेको बताइएको छ ।

आज सानेपामा बस्दै गरेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुवै महामन्त्रीलाई कारबाही गर्ने एक संस्थापन पक्षका एक नेताले बताए ।

उता विशेष महाधिवेशनमा सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता भएको छ भने महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

त्यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित देउवा निवास गएर थापाले सभापति शेरबहादुर देउवासँग एक घण्टा वार्ता गरेका थिए। तर देउवा तत्काल कुनै हालतमा नेतृत्व नछाड्ने अडानमा रहेपछि दुवै महामन्त्री देउवा निवासबाट बाहिरिएका थिए।

देउवाले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार पार्टीका जुनसुकै नेतालाई दिन तयार रहेको तर अहिल्यै सभापति पद नछाड्ने बताएपछि सहमति हुन नसकेको हो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ५५ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको