३० पुस २०८२, बुधबार | January 14, 2026

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु गर्दैछ ।

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए।

यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा राजन भट्टराईले बताए ।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ५५ बजे

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सहमति र कानुनी तयारीमा दुवै पक्ष सक्रिय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी