३० पुस २०८२, बुधबार | January 14, 2026

फुटको गतिविधि नरोकिएपछि कारवाहीको विकल्प रहेन : विमलेन्द्र निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र फुटको गतिविधि नरोकेपछि तीन शीर्ष नेतामाथि कारबाही गर्नु परेको प्रतिक्रिया दिएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीमा अनुशासन कायम राख्न यस्तो कदम ‘अनिवार्य’ बनेको बताए ।

उनका अनुसार पार्टी एकतामा आँच पुर्‍याउने कार्य निरन्तर चलिरहेकाले अनुशासनको एजेन्डाअनुसार निर्णय गरिएको हो। “फुटको गतिविधि नरोकिएपछि कारबाही नगरी बस्न सकिँदैन,” निधिको भनाइ थियो।

भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँचवर्षसम्म पार्टीसदस्यताबाट निलम्बन गर्ने अनुशासनात्मक कारबाही गरेको हो। यी नेताहरू विशेष महाधिवेशन पक्षधरको नेतृत्वमा रहेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेका थिए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ०९ बजे

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन

विशेष महाधिवेशनबाट विघटीत केन्द्रीय कार्यसमितिबाट १५ औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन

काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको देउवा

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको

गगन-विश्व समर्थकले भृकुटीमण्डपमा लगाए देउवा विरुद्ध चर्को नारा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्य गगन थापा र