२३ बैशाख २०८३, बुधबार | May 6, 2026

निर्वाचन आयोगबाट ३ गतेभित्र हामीले आधिकारिकता पाउने विश्वास छ : गगन थापा



काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र पार्टीको आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको निर्णय अद्यावधिक गराउन तथा आधिकारिकताको दाबीसहित निर्वाचन आयोग पुगेका थापाले आवश्यक सबै कागजात बुझाइसकेको जानकारी दिएका हुन् ।

निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले आयोगबाट चाँडै सकारात्मक निर्णय आउने अपेक्षा गरिएको बताए । ‘हामीले सम्पूर्ण आवश्यक कागजात निर्वाचन आयोगमा बुझाएका छौँ । प्रक्रिया पूरा भएकाले ३ गतेभित्र आधिकारिकता पाउने हाम्रो विश्वास छ,’ थापाले भने ।

उनले केन्द्रीय कार्यसमिति भंग गरी विधिसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको जानकारी आयोगलाई गराइसकेको उल्लेख गर्दै त्यसका आधारमा आधिकारिकता आफूहरूकै पक्षमा आउने दाबी गरे । विशेष महाधिवेशन वैधानिक प्रक्रिया अनुसार सम्पन्न भएकाले कांग्रेसको वैध नेतृत्व आफूहरू नै भएको उनको भनाइ छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राजनीतिक दलको पदाधिकारीमा परिवर्तन भएमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । साथै, दलको चुनाव चिह्न, झन्डा तथा आधिकारिकतासम्बन्धी विवाद भएमा निर्वाचन आयोगमार्फत नै समाधान खोजिनुपर्ने कानुनी प्रावधान रहेको छ । सोही कानुनी व्यवस्थाअनुसार विशेष महाधिवेशन पक्षधर आयोग पुगेका हुन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याइदिन विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व, हस्ताक्षर अधिकार तथा संगठनात्मक संरचनामा परिवर्तन भएको दाबी गर्दै आएको थापा नेतृत्वको समूहले आयोगको निर्णयपछि पार्टीका गतिविधि थप सशक्त रूपमा अघि बढ्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ३ : ३४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल