१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गगनको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन, विश्वप्रकाशको नेतृत्वमा निर्वाचन परिचालन हुने



काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीको घोषणापत्र निर्माणका लागि कमिटी गठन गरेको छ ।

बिहीबार ललितपुरस्थित एक होटलमा बसेको विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाकै नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गरेको हो ।

बैठकले देशभर पार्टी पंक्तिलाई परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । चालिसेलाई पनि सोही बैठकले प्रवक्तामा नियुक्त गरेको हो । यसका साथै दोस्रो विशेष महाधिवेशनपछि पार्टीका विगतका अभिलेखहरू आवधिक गर्ने, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवार सूची संशोधन तथा अद्यावधिक गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले विशेष महाधिवेशनमा सहभागी सम्पूर्ण कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ३ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका