२ माघ २०८२, शुक्रबार | January 16, 2026

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय



नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय र कपास विकास समितिको प्रधान कार्यालय खजुरामा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

बाँकेमा क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहाल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिबक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ०८ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ