२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला



नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले पहिलो पटक अभिभावकहरुसंंग आफ्नो विद्यालय परिसरमा यस किसिमको कार्यशालाको सम्पन्न गरेको हो ।

अभिभावकहरुलाई प्रारम्भिक बालविकासको परिचय, महत्व, अभिभावकको किसिम बारे जानकारी गराउने, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे, समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको मन्टेश्वरीले जनाएको छ । उक्त कार्यशालामा अभिभावकहरुले रुचिका साथ सक्रिय सहभागी भएका थिए ।

कार्यशालामा विद्यालयका सस्थापक रेणु शेरचनबाट प्रारम्भिक बालविकासको परिचय, मन्टेश्वरी शिक्षा प्रणालीको अवधारणा, महत्व र फाइदाका बारेमा विद्युतीय शैक्षिक सामाग्रीको प्रयोग गरेर स्पष्ट पारिएको थियो । संस्थापक शेरचनले अभिभावकहरुले प्रारम्भिक बालविकास आमाको गर्भदेखि ८ वर्षसम्म हुन्छ भन्ने कुरा जानकारी गराउँदै यसको लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

क्रियटिभ चिल्डेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाले अभिभावकको किसिमका बारेमा जानकारी गराउँदै हामी कस्तो अभिभावक बन्ने भन्ने विषयमा जानकारी राख्नु पर्ने बताइन् ।

अभिभावक समीर श्रेष्ठले आफ्नो छोरालाई यसअघि दुई वटा मन्टेश्वरीमा राख्दा कुनै परिवर्तन नपाएको र यहाँ भर्ना गरेपछि छोराले आफ्नो काम आफै गर्न सिकेको, बोल्न सिकेको, अरूलाई आदर गर्न सिकेको अनुभव सुनाए । अभिभावक दिप्ति शर्माले पनि आफ्नो छोरा क्रियटिभमा राखेर एकदमै क्रियटिभ भएको, नानी १० वर्षको भए पनि उनलाई आफ्नो काम गर्नलाई भनिराख्नु पर्छ भने बावु ५ वर्षको भए तापनि बाबुले आफ्नो सबै काम आफै गर्ने र पढाई लेखाइ र अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अव्बल रहेको बताइन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ०६ बजे

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय