४ माघ २०८२, आइतबार | January 18, 2026

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार



महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ ।

प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार बन्नेभएका छन् ।

नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३३ बजे

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन

धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते

धरान । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…

धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४)

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक