४ माघ २०८२, आइतबार | January 18, 2026

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो



काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ३१ बजे

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन

धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते

धरान । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…

धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४)

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक