२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

क्याननमा ‘फुड क्यानिभल’



बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो । फेस्टिभलको वेस्टर्न मेगा कलेजका प्राचार्य खिशु शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा बोल्दै वेस्टर्न मेगा कलेजका प्राचार्य शर्माले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु सजिलै उद्यमी बन्न सक्ने बताए । उनले फुड फेस्टिभलमा समेत विद्यार्थीहरुले आफ्नो सिर्जनशिलता प्रस्तुत गरेको बताउँदै होटल म्यानेजमेन्ट शिक्षाले उद्यमशिलता, सिर्जनशिलता र नेतृत्व विकास गराउने बताए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले होटल म्यानेजमेन्ट मार्फत होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको अर्थतन्त्रमा टेवा पुर्‍याएको विश्वास व्यक्त गरे ।

उनले शिक्षा भनेको आत्मनिर्भर र सिपमुलुक हुनुपर्ने आवाज उठिरहेको बेला कक्षा ११ र १२ का विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । विद्यालयका प्राचार्य शंकर भण्डारीले पछिल्लो समयमा क्याननले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रीत नगराई यस्ता व्यवहारिक र रचनात्मक कार्यक्रमहरु मार्फत खँदिलो र दरिलो संस्थाका रुपमा उभ्याउन पाएको बताए । उनले विद्यार्थीहरुलाई सिप र क्षमताले युक्त बनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए । ‘आजका विद्यार्थीलाई कक्षाकोठामा राखेर दिईने सैद्धातिक ज्ञानले मात्रै पुग्दैन’ उनले भने- ‘लर्निङ बाई अर्निङ’ को सोच अनुसार कार्यक्रम गरिएको छ ।’ उनले आफूहरुलाई यस्ता कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुबाट सहयोग पाएको बताए ।

फुड कर्निभलमा विद्यार्थीहरुले ८ वटा स्टल राखेका थिए । विद्यार्थी आफैले परिकार बनाउनेदेखि टिकट विक्रि समेत गरेर परिकारहरु बिक्रिको काममा खटिएका हुन् । स्टलमा जातीय संस्कृतिका परिकारदेखि विभिन्न खालका परिकारहरु राखिएको कक्षा ११ र १२ व्यवस्थापन संकायका संयोजक पवन बस्यालले बताए ।

फुड कर्निभलसँगै विद्यार्थीहरुले विभिन्न गित संगित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साथै आईतबार नै प्रि-नर्सरीदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

क्यानन माविले यसअघि क्यानन आईटी क्वीज, दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ५१ बजे

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम, काठमाडौंमा २५ डिग्री पुग्दा नेपालगन्जमा ३२

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८