५ माघ २०८२, सोमबार | January 19, 2026

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाउँदै उनले समय र प्रक्रियागत सीमाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत थापाले भने, “हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ । समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने प्रयास भइरहेको छ ।”

उनले उम्मेदवार छनोटलाई भन्दा पनि सहमतिको प्रक्रियालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने गरी निर्णय गर्ने प्रयास भइरहेको बताए । पार्टीभित्र देखिएका मतभेदलाई थाती राखेर आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर अघि बढ्न उनले आग्रह गरे ।

“भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,” थापाले भने ।

समयको चाप र आन्तरिक सन्तुलन मिलाउनुपर्ने अवस्थाबीच कांग्रेस नेतृत्व उम्मेदवार टुंग्याउने प्रक्रियामा जुटिरहेको थापाको भनाइ छ । उनले आन्तरिक विवादलाई छाडेर एकताबद्ध रूपमा निर्वाचन अभियानमा होमिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

कांग्रेसले समयमै उम्मेदवार टुंग्याएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सशक्त रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ३० बजे

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु