२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा



काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

प्रतिनिधिसभाको उम्मेदवार हुनेभएपछि दाहालले आज बिहान राजीनामा दिएकी हुन् । उनले आफ्नो राजीनामा महानगरउप्रमुख चित्रसेन अधिकारीलाई बुझाएकी छिन् ।

राजीनामा दिनुअघि दाहालले बोर्ड बैठक बोलाएर अहिलेसम्म आफुलाई सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गरेकी छिन् ।

यसअघि दाहालले हिजो उपप्रमुखसहित आयोजित पत्रकारसम्मेलनमा आफु अब प्रतिनिधिसभा निर्वाचनमा उठ्न लागेको औपचारिक जानकारी गराएकी थिइन । उनले भावुक हुँदै महानगर बनाउन दिन रात नभनी काममा खटेको स्मरण गर्दै अब बाँकी अधुरा काम अधिकारीलाई सुम्पन लागेको बताएकी थिइन ।

महानगर उपप्रमुख अधिकारीले उमेरले आफु दाइ भए पनि पदले दाहाल आफ्नो अभिभावक भएको र भरतपुर महानगरको विकासका लागि आफुहरु सधैंभर मिलेर अघि बढेको स्मरण गरेका थिए ।

दाहालले आजै नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गर्दैछिन् ।

 

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ११ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले