११ श्रावण २०८३, सोमबार | July 28, 2026

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार



काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ ।

गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।

पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। भारत सरकारले ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

निर्वाचन अघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएअनुसार आउने क्रममा रहेको र आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

उनले यसरी गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए। उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने गृहमन्त्रीले बताए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ३९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला